एकीकृत अखिल नेपाल शिक्षक सगठन यु.ए.एन.टि.ओ दुधौली नगरपालिकाको नगर कमिटी परिषद कार्यक्रम आज सम्पन्न भएको छ ।
कार्यक्रम कमल बस्नेतको प्रमुख अध्यक्षता, नेकपा माओवादि केन्द्र केन्द्रिय सदस्य एवम बागमती प्रदेश सभा सदस्य राजन दाहालको प्रमुख आथित्यता तथा जिल्ला समन्वय सिन्धुलीका उप–प्रमुख सम्झना अधिकारी दनुवारको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाइ सम्वोधन गर्नुहुदै प्रमुख अतिथि राजन दाहालले शिक्षकहरुले राजनीतिक भुमिका, सामाजिक भुमिका, पेशागत हक हित र शिक्षकको संरक्षण गर्न सक्नु पर्ने बताउनुभयो ।
सत्यको अन्वेशण गर्न, सत्यलाई आत्मसात गर्न तथा विद्यार्थी र समाजलाई प्रशिक्षित गर्न आजको आबश्यकता रहेको उहाँले बताउनु भएको छ । विद्यार्थीलाइ ज्ञान, अनुशासन, समाजबादी, आदर्श र सस्कार दिनसक्नु पर्छ त्यति मात्र नभइ शिक्षक र विद्यार्थीको सम्वन्ध एक वुवाआमा र छोराछोरीको जस्तै हुनुपर्दछ ।
शिक्षक एउटा उज्यालो बाटो देखाउने विद्यार्थीको मार्ग निर्देशन हा,े त्यसैले विद्यार्थीलाई माया गरेर शिक्षा दिनका लागी दाहालले आग्रह समेत गर्नु भएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय संयोजक रामकुमार पौडेल, यु.ए.एन.टि.ओ प्रदेश कमिटी सदस्य मोहन गौतम, माओवादी केन्द्र दुधौलीका नगर इन्चार्ज मात्रिका भट्टराई, माओवादी केन्द्र जिल्ला सचिवाल सदस्य घनश्याम बस्नेत, जिल्ला कमिटी सदस्य तथा दुधौली नगरका अध्यक्ष दिपक खड्का, जिल्ला कमिटीबाट हेम कार्की, कमल दाहाल, अर्जुन कार्की, गणेश बस्नेत, यु.ए.एन.टि.ओ जिल्लाका पदाधिकारी तथा जिल्ला कमिटीका शिक्षकहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम शिक्षक नेता टंकप्रसाद तिमल्सिनाले संचालन गर्नु भएको थियो ।

