Tuesday, January 21, 2025

जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा प्रहरी हवल्दार र प्रहरी जवान लक्षित दौड प्रतियोगिता सम्पन्न

सिन्धुलीका प्रहरीहरुले आज दौड प्रतियोगिता सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा आन्तरिक लामो दुरीको दौड प्रतियोगिता सम्पन्न भएको हो । प्रहरी हवल्दार र प्रहरी जवान लक्षित ५ किलोमिटर दौड प्रतियोगिता गरेको प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोबिन्द थपलियाको उपस्थितिमा प्रहरी हवल्दार र प्रहरी जवानहरुको मनोबल बढाउनको लागि कार्यक्रमको आयोजना गरिएको प्रहरी नायव उपरिक्षक लामाले बताउनुभयो ।

उहाँका अनुसार दौड प्रतियोगितामा पुरुष तर्फका ५० जना र महिला तर्फका १७ जना गरि ६७ जनाले सहभागिता जनाएका थिए । प्रहरी कर्मचारीहरुको उत्प्रेरणा अभिवृद्धी गर्ने योजनाका साथ प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा सहभागि पुरुष प्रहरी जवान तर्फ प्रथम, द्धितिय र तृतिय हुनेमा क्रमशः शिव कुमार बोहोरा, कृष्ण दर्जी र शम्भु सोडारी रहनुभएको थियो । त्यस्तै, महिला प्रहरी जवान तर्फ जोस्ना श्रेष्ठ, कविता श्रेष्ठ र विमला श्रेष्ठ रहनुभएको थियो । दौड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने प्रहरी कर्मचारीलाई पुरस्कार मार्फत सम्मान गरिएको प्रवक्ता लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles