Tuesday, December 16, 2025

घ्याङ्लेख गाउँपालिकामा पुस्तक प्रकाशनको लागि समिति गठन

घ्याङ्लेख गाउँपालिकामा पुस्तक प्रकाशनको लागि समिति गठन गरिएको छ । गाउँपालिकाको बस्तुगत विवरण सहित आर्थिक वर्ष २०७८-८९ को नीति, कार्यक्रम र बजेट समेत समेटिएको “घ्याङ्लेख दर्पन” नामक पुस्तक प्रकाशन गर्न समिति गठन गरिएको हो ।

सबै नीति, कार्यक्रम र बजेट समेटी यहि कात्र्तिक मसान्त भित्र पुस्तक प्रकाशन गर्नुपर्ने भएकाले गाँउपालिकाका लेखा अधिकृत सुरेश कुमार अधिकारीको संयोजकमा ८ सदस्य समिति गठन गरिएको गाँउपालिकाले जानकारी दिएको छ । गठन गरिएको पुस्तक प्रकाशन समितिलाई तोकिएको जिम्मेवारी अनुसार समयमा नै पुस्तक प्रकाशनको व्यवस्था मिलाउन गाँउपालिकाले अनुरोध गरेको छ ।

समितिमा घ्याङ्लेख गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेन्द्र कुमार स्याङ्तान, प्रशासन शाखा अधिकृत गिरिराज खनाल, सुचना अधिकारी किशोर कुमार वाईबा, ईन्जिनिएर भरत श्रेष्ठ, विपद व्यवस्थापन शाखा प्रमुख भरतजंग थापा, योजना शाखाका लक्षण दत्त पन्त, कम्युटर अपरेटर सुदिप थापा र कृषि विकास शाखाका छिरिङ दोर्जे लामा रहनुभएको छ ।

Hot Topics

Related Articles