Thursday, January 23, 2025

घ्याङ्लेख गाउँपालिकामा पालिका स्तरीय सहकारी संघ गठन

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा पालिका स्तरीय सहकारी संघ गठन गरिएको छ । जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका जेष्ठ सदस्य कर्ण बहादुर वाईबाको अध्यक्षता तथा घ्याङ्लेख गाउँपालिकाको योजना अधिकृत गिरिराज खानालको रोहबरमा पालिका स्तरीय सहकारी संघ गठन गरिएको हो ।

सहकारी संघ संस्थाहरुले सयुक्त रुपमा नियम अनुसार कार्य गर्न सहज पार्न, कृषिजन्य बस्तुहरुलाई उत्पादनमा जोड दिन, जडिबुटी तथा कृषि उत्पादनमा जोड दिन, खाली भुभागहरुमा वृक्षरोपण गर्ने र वित्तीय कारोबार गर्नेलागि गाउँपालिकामा पालिका स्तरीय सहकारी संघ गठन गरिएको जडीबुटी जिल्ला संघ सिन्धुलीका उपाध्यक्ष तथा महाभारत जडिबुटी कृषि सहकारी संस्था लिमिटेड हायुटार सिन्धुलीका अध्यक्ष भीम बहादुर स्याङ्तानले जानकारी दिनुभयो ।

पालिका संघ घ्याङलेखका सह–संयोजक भीम बहादुर स्याङ्तानको संयोजकत्वमा ७ सदस्य समिति गठन गरिएको छ । जसमा बुद्धिमान स्याङ्तान, तिर्थ पाख्रीन, तेज बहादुर मोक्तान, बाटुलीमाया वाईबा, नानीमाया घलान, राम बहादुर घिसिङ र कान्छिमाया भ्लोन सदस्य रहनुभएको छ ।

घ्याङ्लेख गाउँपालिका भरीको १४ वटा सहकारी संस्थाका अध्यक्षहरुको उपस्थितिमा पालिका सहकारी संघ गठन गरिएको हो ।

spot_img

Hot Topics

Related Articles