शहिद ऋषिराज देबकोटा आजाद स्मृति फूटबल प्रतियोगिताको ३ खेल आज सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा बर्दिवास युवा क्लव र शुभसिन्धु युवा क्लब ढुंग्रेवास विच प्रतिस्पर्धा भएको थियो ।
जसमा बर्दिवास युवा क्लवले ४–० गोल अन्तरले जित हात पारेको छ । दोस्रो खेल अन्तर्गत लाङ्गाली युवा क्लव ढल्केबर र नेपाल माझी उत्थानशील संघ सिन्धुली विच प्रतिस्पर्धा हुँदा १–० गोल अन्तरले लाङ्गाली युवा क्लव ढल्केबरले जित हासिल गरेको छ ।
यस्तै, आज भएको अन्तिम खेलमा जुरेली युवा क्लव र बागमति युवा क्लव विच प्रतिस्पर्धा भएको छ । जसमा २–१ गोल अन्तरले जुरेली युवा क्लव पराजित भएको छ ।
प्रतियोगितामा भोली २ खेल हुनेछ । भोली विहान ब्लु अल्पाईन युवा क्लब सिन्धुली र कटारी ११ युवा क्लव विच प्रतिस्पर्धा हुनेछ भने दिउसोको खेलमा नमोबुद्ध युवा क्लब मरिण र बागमति प्रदेश प्रहरी तालिम केन्द्र दुधौली विच प्रतिस्पर्धा हुने आयोजक टिमले बताएको छ ।