Monday, October 7, 2024

सहकारी म्यानेजर्स क्लब सिन्धुलीले सहकारीका खराब ऋणीहरुको विवरण संकलन गर्ने

सिन्धुली – सहकारी म्यानेजर्स क्लब सिन्धुलीले सहकारीमा खराब कर्जा भएका ऋणीहरुको विवरण संकलन गर्ने भएको छ ।
आज सिन्धुलीमाढिमा बसेको सहकारी म्यानेजर्स क्लबको बैठकले यस्तो निर्णय गरेको हो ।
एक भन्दा बढि सहकारीबाट ऋण लिने र समयमा सावा, ब्याज नतिर्ने खराब ऋणीहरुको विवरण क्लबले संकलन गर्न लागेको हो । यस बाट आगामी दिनमा सहकारीमा ऋण डुब्ने समस्या कम हुँदै जाने सहकारी म्यानेजर्सहरुले आशा राखेका छन् ।
त्यस्तै बैठकले जिल्लामा सन्चालीत सहकारीका कर्मचारीहरुको विवरण संकले गर्ने भएको छ । त्यसको लागि नगरपालिका र पालिकामा विवरण संकलन गर्न प्रतिनिधि समेत चयन गरेको छ । कमलामाई नगरपालिका भित्र सहकारीमा आबद्ध कर्मचारीहरुकोे विवरण संकलन गर्न नविन कार्की र अमिर बस्नेत, दुधौली नगरपालिकाको लागि श्याम बुढाथोकी र रोशन सुनुवार, तीनपाटन गाउँपालिकाको लागि जि.वि.श्रेष्ठ र राजकुमार वि.क. त्यस्तै गोलन्जोर , सुनकोशि र फिक्कल गाउँपालिकाको लागि राम बज्यू र दिपेन्द्र ध्वज बस्नेत , मरिण गाउँपालिकाको लागि रमेश प्रसाद चौलागाई र तेजेन्द्र खड्का प्रतिनिधि चयन भएको छ ।
बैठकमा सहकारीमा कार्यरत सहकारीहरुले भोग्दै आएका समस्या , सेवा सुविधा र कर्मचारी भएर काम गर्दै गर्दा आगामी दिनमा आउने समस्याको विषयमा छलफल भएको थियो ।
बैठकमा जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले म्यानेजर्स क्लब सिन्धुलीले गर्ने हरेक काममा जिल्ला सहकारी संघले समन्वयको भुमिका निर्वाह गर्ने प्रतिबद्धता दिनुभयो । त्यस्तै जिल्ला संघले गर्ने हरेक गतिविधि र कार्यक्रमहरुमा सहकारी म्यानेजर्स क्लको दुई जना प्रतिनिधिलाई उपस्थित गराउने पनि जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles