Thursday, May 30, 2024

वैदेशिक रोजगार सम्बन्धि सामाजिक अभियान्ताहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

कमलामाई नगरपालिकाका सामाजिक अभियान्ताहरुसंग सुरक्षित आप्रवासन परियोजना सामीको सुरक्षित बैदेशिक रोजगार सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

‘स्वदेशमा रोजगार गरौ, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर र सिप सिकेर मात्र जाऔँ’ भन्ने मुल नाराको साथमा कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको संयुक्त परियोजनामा रिलिफ नेपाल सिन्धुलीले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका सामाजिक अभियान्ताहरुलाई आर्थिक र सामाजिक लागत कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराईएको सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक के.आर विजयले जानकारी दिनुभयो ।

यस्तै, अहिलेको वैदेशिक रोजगारमा जानेको वर्तमान अवस्था, चुनौति र समस्यालाई कसरी पन्छाउन सकिन्छ, सहि सुचना कसरी दिने र सुचनालाई कसरी प्रभावकारी ढगंले दिन सकिन्छ भन्ने बारेमा पनि सामाजिक अभियान्ताहरुलाई कार्यक्रम मार्फत जानकारी गराईएको कार्यक्रम संयोजक के.आर विजयले जानकारी दिनुभयो ।

एक दिने अन्तरक्रिया कार्यक्रममा कमलामाई नगरपालिकाका ३२ जना सामाजिक अभियान्ताहरु सहभगि भएका थिए भने कार्यक्रमको सहजिकरण हेल्बेटास नेपाल सिन्धुलीका कार्यक्रम अधिकृत भोजराज सुनुवार, सुरक्षित आप्रवासन परियोजना सामीका कार्यक्रम संयोजक के.आर विजय र कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख बविन्द्रलाल माझीले गर्नुभएको थियो ।

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटा, नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय सिन्धुलीका सभापति असोक श्रेष्ठ, अन्तरपाटि मानविय महिला संजाल, महिला मानव अंग रक्षक सञ्जाल, जिल्ला कानुन सहायता समिति, नेपाल बाल संगठन सिन्धुलीका पदाधिकारी लगाएत नगरपालिकाका विद्यालयहरुका शिक्षकहरुको सहभागिता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles