Wednesday, November 5, 2025

मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम हुँदै

मरिण गाउँपालिकामा गाउँपालिका स्तरीय वार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रमको उद्धघाटन मरिण गाउँपालिकाका अध्यक्ष पानिराज बम्जनले गर्नुभएको थियो ।

मरिण गाउँपालिकामा आर्थिक वर्ष २०७७÷०७८ को स्वास्थ्य क्षेत्रमा के कस्ता कार्यहरु भए भन्ने विषयमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने तथा अबका दिनमा स्वास्थ्य क्षेत्रमा गरिने कार्यलाई कसरी प्रभावकारी ढगंले गर्न सकिन्छ भन्ने बारेमा छलफल गरिने गाउँपालिकाका सुचना अधिकारी विनय सुयालले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा मरिण गाउँपालिकामा रहेको ९ वटै स्वास्थ्य शाखाले आफ्नो स्वास्थ्य शाखाबाट भएको कार्य र स्थानिय नागरिकले एक वर्षमा कतिले सेवा लिए भन्ने विवरण प्रस्तुत गर्ने सुचना अधिकारी सुयालले जानकारी दिनुभयो ।

भोलि सम्म संचालन हुने कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, उपाध्यक्ष संगीता माझी, प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेल, वडाका अध्यक्षहरू, गाउँपालिकाका शिक्षा, स्वास्थ्य, प्रशासन, सूचना प्रविधि शाखाका प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, विद्यालय नर्सहरू लगायतको सहभागिता रहेको छ ।

Hot Topics

Related Articles