५७ औँ बाल दिवसको अबसरमा वित्तिय साक्षरता कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय, सिन्धुली द्धारा गठित गौमती सहकारी बाल क्लबका लागि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैँक शाखा समन्वय उपसमितिका सम्योजक बालकुुमारी श्रेष्ठले विद्यालय स्तरमा सहकारी बाल क्लब गठन गर्नाले सानो उमेर देखिनै बाल बालिकाहरुले सहकारी क्षेत्र बारे बुझ्ने मौका पाएकोमा खुशि ब्यक्त गर्नु भयो ।
जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष कृष्ण राज केसिले सहकारीको सुरुवात र हाल सम्म नेपालमा सहकारीको अबस्था बारे सहभागिहरुलाई बताउनु भयो । सहकारी सबैले बुझ्न आवश्यक रहेकाले अध्ययन गर्न जरुरी रहेको औल्याउनु भयो ।
सहकारी बाल क्लबका संरक्षण संस्था सहकार्य बचत तथा ऋण सहकारी संस्था लि. का प्रबन्धक जि.वि. श्रेष्ठले बचत गर्ने बानिको विकास गर्न क्लबले ठुलो भुमिका निर्वाह गर्ने बताउनु भयो । साथै उहाँले आफुले सिकेका कुरालाई आफुमा मात्र सिमित नराखि घर परिवार , छरछिमेकी सम्म पुर्याएर बचत गर्ने बानिको विकास गराउन समेत सुझाब दिनुभयो ।
सहकारी म्यानेजर्स क्लब सिन्धुलीका अध्यक्ष दिपेन्द्र ध्वज बस्नेतले थोरै थोरै पैषा बाट नै धेरै रकम जम्मा हुने भएकाले आफ्नो खर्चबाट बाँकी रहेको रकम बचत गर्ने बानिको विकास गर्न आग्रह गर्नु भयो ।
५७ औँ बाल दिवसको अबसरमा राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालय, सिन्धुली र गौमती नमुना माध्यामिक विद्यालय माढिबजार सिन्धुलीको संयुक्त आयोजनामा भएको कार्यक्रममा वित्तिय साक्षरता सम्बन्धी प्रशिक्षण शाखा प्रमुख श्रवण कुमार नेवा खड्गीले दिनुभएको थियो ।
कार्यक्रममा गौमती नमुना माध्यामिक विद्यालयमा अध्ययनरत ७० जना विद्याथीहरुको सहभागिता रहेको थियो । सहकारी बाल क्लबको संरक्षक विद्यालयका प्रधानाध्यापक गणेश बहादुर थापा र संरक्षक संस्था सहकार्य बचत तथा ऋण सहकारी संस्था रहेको छ ।