Thursday, May 30, 2024

४२ औं सामाजिक सेवा दिवसमा बिरामीलाई फलफूल वितरण तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

४२ औं सामाजिक सेवा दिवसको अवसरमा सिन्धुलीमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिवसको अवसरमा गैर सरकारी संस्था सिन्धुलीले आज खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रममा १० जनाले रक्तदान गरेको हो । आज जम्मा भएको रगत ब्लड बैँक सिन्धुलीमा राखिने र आवश्यक परेको बेला सहयोग गर्ने गैर सरकारी सस्था महासंघ जिल्ला शाखा सिन्धुलीका अध्यक्ष अधिकारीले बताउनुभयो ।

यस्तै, गैर सरकारी संस्था महासंघ सिन्धुलीले जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफूल वितरण गरेको छ । ४२ औं सामाजिक सेवा दिवसको अवसरमा जिल्ला अस्पताल सिन्धुलीमा उपचार गराई रहेका ३६ जना बिरामीलाई फलफूल वितरण गरिएको गैर सरकारी संस्था महासंघ सिन्धुलीका अध्यक्ष खेटराज अधिकारीले जानकारी दिनुभयो ।

spot_img

Hot Topics

Related Articles