घ्याङलेख गाउँपालिकामा आज सरसफाई कार्यक्रम र वृक्षारोपन कार्यक्रम सम्पन्न भएको छ । १८ औं निजामती सेवा दिबसको अबसरमा घ्याङलेख गाउँपालिकाको आयोजनामा गाउँपालिकाको कार्यालय र बजार परिसर हुँदै हस्पिटल चोक, ईलाका प्रहरी कार्यालय बस्तिपुर र नेपाल एस वि आई बैंक परिसरसम्म सरसफाई गरेको हो ।
यस्तै गाउँपालिकाले सरसफाई कार्याक्रम संगै वृक्षारोपन कार्यक्रम पनि गरेको घ्याङलेख गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष एक बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले आज १० वटा असोकका विरुवा रोपेको हो ।
वृक्षारोपन ईलाका प्रहरी कार्यालय बस्तिपुरको कार्यालय परिसर र गाउँपालिका कार्यालय परिसरमा गरिएको वडा अध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रममा घ्याङलेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्की, वडा नम्बर २ का वडा अध्यक्ष एक बहादुर खड्का, शिक्षक, प्रहरीहरु, टोल विकास संस्थाका पदाधिकारी लगायत स्थानियहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।