Saturday, December 14, 2024

सिन्धुलीमा विश्वमै दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको खपेटो भेटियो

सिन्धुलीमा विश्वमै दुर्लभ मानिएको स्तनधारी जङ्गली जनावर सालकको खपेटो सहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमलामाई नगरपालिका २ पिपलभञ्ज्याङमा सालकको खपेटो सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सालकको खपेटो सहित कमलामाई नगरपालिका वडा नम्बर २ खटार का अन्दाजि ३० वर्षिय मदनसिं बम्जनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोजक कुमार लामाले बताउनुभयो ।

नियन्त्रणमा लिएको बम्जन पिपलभञ्ज्याङ स्थित बाटोमा हिडिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा सालकको खपेटो भेटिएको उहाँले बताउनुभयो ।

खैरो–खैरो देखिने २ फिट ५ इन्चको सालकको खपेटा भएको टाउको देखि पुच्छर सम्मको शरिरको पुरै भागको छाला सहित एउटा र कालो–कालो देखिने शरिरको पुरै भाग भएको छाला सहितको १ फिट ९ ईन्चको सालकको खपेटा एउटा गरि जम्मा २ वटा फेला परेको डिएसपि लामाले जानकारी दिनुभयो ।

उक्त खपेटो सहित बम्जनलाई आबश्यक कारबाहीको लागि जिल्ला जिल्ला बन कार्यालय सिन्धुलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles