Tuesday, April 16, 2024

सिन्धुलीमा लागु औषध सहित एक युवक पक्राउ

सिन्धुलीमा लागु औषध सहित एक जना पक्राउ परेको छ । बर्दिवास बाट काठमाण्डौ तर्फ जादै गरेको ना १ ज.८४९२ नम्बरको सुमोमा सवार महोत्तरी गाँउपालिका ३ डामिमडै बस्ने २१ वर्षिय राहुल सिंहलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार सिंहले निट्राजिपन टयाबलेट आइ पी जम्मा ३०० पिस र चरेश जस्तो देखिने कालो ठोस पदार्थ २ ग्राम २४० मिलिग्राम लागु औषध आफ्नै काखमा कालो लेदरको झोलामा लुकाइछिपाइ ल्यााएको अवस्थामा प्रहरीले फेला पारेको हो ।

सिहलाइ आज विहान ९ बजे सिन्धुलीको कमलामाइ नगरपालिका ९ चोरखोला बि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएका ६ जनाको प्रहरी टोलीले सवारी चेकजाच गर्ने क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले बताएको हो ।

लागु औषध सहित पक्राउ परेको सिंहलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles