Tuesday, January 21, 2025

सिन्धुलीमा ठगि मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

सिन्धुलीमा ठगि मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

ठगि मुद्दामा एक वर्ष देखि फरार रहेका मरिण गाउपालिका वडा नं. ४ का ५३ वर्षिय शिबजी माझिलाई गत सुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

माझिलाई बैदेशिक रोजगार ठगि मुद्दामा वैदेशिक रोजगार न्यायधिकरण काठमाण्डौबाट ०७७ पुष २२ गते भएको फैसलाले १ वर्ष ६ महिना कैद र एक लाख पचास हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जरिवाना र कैद भुत्तान नगरि हाल सम्म फरार रहेका माझीलाई मरिण गाउपालिका ४ फुलबारी स्थित धान खेतमा फेलापारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

पक्राउ गरिएको माझिलाई आबश्यक कारबाहीको लागि सिन्धुली जिल्ला अदालत सिन्धुलीमा बुझाईएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles