Thursday, May 30, 2024

सिन्धुलीमा अवैध रुपमा गिट्टि लोड गरि ल्याउदै गरेको २ वटा टिफर प्रहरीको नियन्त्रणमा

सिन्धुलीमा अवैध रुपमा गिट्टि लोड गरि ल्याउदै गरेको २ वटा टिफर प्रहरीले नियन्त्रणमा दिएको छ । गोलान्जोर गाँपालिका ७ खुर्काेट स्थित विपि राजमार्गको प्रहरी चेकपोष्टमा चेकिङ गर्ने क्रममा सुनकोसी गाँउपालिका ६ खाल्टे बस्ने ३० वर्षिय भुपाल राईले चलाएको बा ५ ख ४९१६ नम्बरको टिफर नियन्त्रणमा लिएको हो ।

यस्तै , सुनकोसी गाँउपालिका ५ भोटेखोला बस्ने २५ वर्षिय सन्तोष थापाले चलाएको बा ५ ख ४८७५ नम्बरको टिफर सुनकोसी गाँउपालिका ६ चैनपुरमा रहेको सटोन ईन्डष्ट्रिज प्रा.लि. ले विना ईजाजत क्रसिङ गरेको गिट्टि लोड गरि गोलन्जोर गाँउपालिका १ डुडभञ्ज्याङ तर्फ लादै गरेको अवस्थामा फेला पारि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ ।

नियन्त्रणमा लिएका दुवै टिफर र चालकलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभएको छ ।

spot_img

Hot Topics

Related Articles