सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्ने भएको छ । नगरपालिकालाई स्वस्च्छ र हरियाली बनाउन पनि नगरक्षेत्रमा ज्याकर्याण्ड रोप्न लागिएको हो ।
नगरपालिकाले ज्याकर्याण्डको लागि ३ हजार वटा विरुवा खरिद गरिने भएको छ । खरिद गरिएका उक्त विरुवा नगरपालिकाको जुसुकै क्षेत्रमा रोप्न सकिने कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागरकुमार ढकालले बताउनुभयो । उहाँका अनुसार ज्याकर्याण्डमा विरुवा रोप्दा एक लाईनमा १० वटा विरुवा रोप्नुपर्ने छ ।
कमलामाई नगरपालिकामा ज्याकर्याण्डमा रोपिने विरुवा स्वास्थ्यको लागि पनि अति उपयुक्त विरुवा रहेको प्रमुख ढकालले बताउनुभयो । उक्त विरुवाको फुलले विशेषत आँखा र मुटुको लागि लाभदायिक हुनेछ ।
विरुवा खरिद गरिसकेपछि नगरपालिका क्षेत्रका ईच्छुक वडा वासी तथा गाँउवासीलाई दिईने बताईएको छ ।