Tuesday, January 21, 2025

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीद्धारा सहकारी बाल क्लब गठन

राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीले सहकारी बाल क्लब गठन गरेको छ ।
गौमती नुमना माध्यामिक विद्यालय माढि बजार सिन्धुलीमा आज कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुको भेलाले निराजन थापाको अध्यक्षतामा १२ सदस्यीय कार्यसमित गठन गरेको हो ।
कार्यसमितिको नामावली
अध्यक्ष – निराजन थापा
उपाध्यक्ष – उषा पौडेल
सचिब – भुवन श्रेष्ठ
सह सचिब – सुजता भोलन
कोषाध्यक्ष – एशोदा बोगटि
सदस्य – रविन मगर
सदस्य – अनिसा चौधरी
सदस्य – यसोदा देबकोटा
सदस्य – मिना पहाडि
सदस्य – गिता खड्का
सदस्य – जेनि श्रेष्ठ
सदस्य – गोकुल बस्नेत
सदस्य – आदित्य कार्की

गठन भएको सहकारी बाल क्लबका पदाधिकारीहरुलाई राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका प्रमुख श्रवण कुमार नेवा खड्गीले बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो । सहकारी बाल क्लबबाट विद्यार्थीहरुले सहकारी शिक्षा तथा वित्तिय शिक्षा लिन सक्नेछन् । बालबालिकाको बचत गर्ने बानिको विकास गर्न क्लको ठुलो भुमिका रहने छ । बालबालिकालाई सहकारीमा आबद्ध गराई सहकारीहरुको अवलोकन गरि सहकार्यको अभ्यास गर्ने , सहकार्य र सामुहिक संस्कारको भावना बालबालिकामा विकास गर्न क्लबको ठूलो भुमिका रहने राष्ट्रिय सहकारी बैँक शाखा कार्यालय सिन्धुलीका शाखा प्रमुख श्रवण कुमार नेवा खड्गीले जानकारी दिनुभयो ।


सहकारी बाल क्लबका संरक्षक संस्था सहकार्य बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्धक जि.वि. श्रेष्ठले सहकारीमा बचत गर्ने बानीको विकास गर्न क्लबले ठूलो भुमिका निर्वाह गर्ने बताउनु भयो । सहकारी शिक्षा आजको आवश्यकता भएकाले सहकारीको बारेमा बालबालिकाले अहिले देखिनै बुझ्न आवश्यकता रहेको औल्याउनु भयो ।

spot_img

Hot Topics

Related Articles