Thursday, April 18, 2024

मोटरसाईकलको ठक्करबाट घाईते भएका पैदलयात्रीको मृत्यु

सिन्धुलीमा मोटरसाईकलको ठक्करबाट घाईते भएका एक पैदल यात्रीको मृत्यु भएको छ ।

गत ८ गते शुक्रबार कमलामाई नगरपालिका १४ कल्याणपुर स्थीत मदन भण्डारी राजमार्गमा झुंगाबाट भिमान तर्फ आउदै गरेको दुधौली नगरपालिका ३ बस्ने ३२ वर्षिय रमेश थारुले चलाएको ज ९ प ४३६९ नम्बरको मोटरसाईकलले बाटो काट्दै गरेको पैदलयात्री तीनपाटन गाँउपालिका २ बस्ने ५८ वर्षिय देवि बहादुर पुलामी मगरलाई ठक्कर दिएको थियो ।

मोटरसाईकलको ठक्करबाट पुलामी मगरको टाउको, हात, खुट्टामा चोट लागि गंम्भिर घाईते भई उपचारको लागि के.एम.सि अस्पताल सिनामंल काठमाण्डौमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

अस्पतालमा उपचार गराईरहेका पुलामी मगरको गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त मोटरसाईकल र मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

spot_img

Hot Topics

Related Articles