Tuesday, April 16, 2024

मरिण गाउँपालिकामा जारी वडा स्तरिय पुरुष फुटबल प्रतियोगितामा आज दूई खेल सम्पन्न

मरिण गाउँपालिका वडा नम्बर ७ को आयोजनामा भैरहेको वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको दोस्रो दिन आज दुई खेल सम्पन्न भएको छ । आज भएको पहिलो खेलमा आदर्श युवा क्लब सि र सृजना युवा क्लब ए बिच बिहान ८ बजे प्रतिस्पर्धा भएको थियो । जस्मा सृजना युवा क्लब ए ले ८–० गोलको अन्तरमा जित हात पारेको छ ।

यस्तै, दोस्रो खेलमा आदर्श युवा क्लब बि र नमुना युवा क्लब बि बिच दिउँसो ४ बजे प्रतिस्पर्धा भएको थियो । आज भएको दोस्रो खेलमा नमुना युवा क्लबले ४–२ गोलको अन्तरले जित हात पारेको छ ।

प्रतियोगिताको पहिलो दिन हिजो नमो बुद्ध युवा क्लब देउजोर र आदर्श युवा क्लब वि बिच प्रतिस्पर्धा भएकोमा पेनाल्ट्री सुट आउटबाट आदर्श युवा क्लब बि ले जित हात पारेको थियो । वडा स्तरिय पुरुष फुटबल प्रतियोगिताको तेस्रो दिन भोली पनि दुई खेल हुने आयेजकले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles