Thursday, April 18, 2024

नक्कली नेपाली नोटसहित महोत्तरीबाट दुई भारतीय पक्राउ

महोत्तरी – महोत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० विष्णुप्रदीप बस्यालले बताउनुभयो ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles