Friday, April 25, 2025

तीनपाटन गाउँपालिकामा २ सय १ किलोमिटर सडक स्तरोन्नती

तीनपाटन गाउँपालिकाले दुइ वर्षमा ३ सय किलोमिटर भन्दा वढी सडकका नयाँ ट्याक खोल्ने तथा सडक स्तरोन्नतीको काम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७६-७७ र ०७७-७८ मा मात्र ३ सय १७ किलोमिटर सडक मर्मत तथा नयाँ ट्याक खोलेको हो । गाउँपालिकाको ११ वटै वडामा १० करोड ७० लाख रुपैँया लागतको नयाँ ट्याक तथा सडक मर्मत कार्य सम्पन्न गरेको तीनपाटन गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले दुइ वर्षको अवधिमा २ सय किलोमिटर भन्दा वढी गाभ्रेल सडक निर्माण गरेको छ । गाउँपालिका क्षेत्रभित्र आर्थिक वर्ष ०७६-७७ र ०७७-७८ मा ७ करोड लागतमा २ सय १ किलोमिटर गाभ्रेल सडक निर्माण गरेको हो । यस्तै, ३ करोेड ७० लाख लागतमा गाउँपालिकाले १ सय १५ दशमलव १८ किलोमिटर नयाँ सडकको ट्याक खोलेको छ । दुइ वर्षको अवधिमा १ सय १५ दशमलव १८ किलोमिटर सडकका नयाँ ट्याक खोलिएको गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै दुइ वर्षको अवधिमा गाउँपालिकामा ४ वटा धार्मिक भवन निर्माण सम्पन्न गरेको छ । आर्थिक वर्ष ०७६-७७ मा १ वटा र ०७७-७८ मा ३ वटा गरि ४ वटा धार्मिक भवन निर्माण गरेको हो । यस्तै गाउँपालिकामा आर्थिक वर्ष ०७७-७७ मा २ वटा प्रतिक्षालय निर्माण सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ ।

spot_img

Hot Topics

Related Articles