Wednesday, March 26, 2025

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अन्तरक्रिया कार्यक्रम सम्पन्न

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आज पत्रकार सम्मेलन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चाडपर्व नजिकिए सँगै चाडपर्वको समयमा आउने विभिन्न किसिमका समस्याको समाधान कसरी गर्ने, यातायातमा भएका समस्याहरुलाई कसरी समाधान गर्ने तथा यात्रुहरुलाइ सहज रुपमा यात्रा गर्नको लागी आरामदायी वातावरणको सिर्जना कसरी गर्ने जस्ता विविध योजनाहरुको विषयमा छलफल गरिएको छ ।

चाडपर्वको समयलाइ मध्यनजर गर्दै हुन सक्ने सम्भावित अपराधलाइ नियन्त्रण गर्न समसामयिक विषयमा छलफल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभएको छ ।

बैशाख महिनाबाट हाल सम्म जिल्लामा १३ हजार १ सय २ वटा सवारी साधन बिभिन्न कसुरमा कारबाहिमा परेका छन् । जसबाट १ करोड ३४ लाख ५ हजार राजस्व संकलन गरिएको प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । जिल्लालाई अप्रिय घट्नाबाट सुरक्षित गर्नको लागि सवारी साधन चेकजाँचमा कडाई गरिएको उहाँको भनाई रहेको छ ।

त्यस्तै, सवारी चालकले यात्रुसंग लिएको दोब्बर भाँडाको ६ लाख १७ हजार ११ रुपैयाँ असुल गरि यात्रुलाई फिर्ता गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण क्षेत्रिले जानकारी दिनुभयो ।

बैशाख महिनाबाट यता ९१ वटा सवारी साधन दुर्घटनाबाट १० जनाको मृत्यु भएको छ भने ३६ जना गम्भिर घाइते र १ सय १० जना सामान्य घाइते भएका छन् ।

चाडवाडको समयमा गाडिले क्षमता भन्दा बढि यात्रु बोक्ने गरेकाले दुर्घटना हुने कार्यलाई रोक्नुपर्ने, सिन्धुलीमा मोटरसाईकल बढि जसो चोरि भएकाले यसको नियन्त्रण गर्नूपर्ने, सिन्धुली बजारमा मात्रै नभई भित्रि सडकबाट पनि लागु ओैषध लगायत अन्य बस्तुहरुको ओसारपसार हुनेभएकाले यसको नियन्त्रणको लागि पत्रकारहरुले जिल्ला प्रहरी कार्यलय सिन्धुलीलाई ध्यानाकर्षण लागि अनुरोध गराईएको छ ।

त्यस्तै चाडबाडको समयमा अखाद्य बस्तु तथा मिती नाघिएका खाद्य पदार्थको बक्रि बितरण हुने, दोब्बर मुल्य अशुल्ने गरेकाले अनुगमनको लागि अनुरोध गरिएको छ ।

जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी प्रबक्ता मनोज कुमार लामाले नजिकीँदै गरेको चाडलाई मध्यनजर राख्दै सुरक्षा योजनाका लागि ३ सय ९९ जना प्रहरी परिचालन गरिएको जानकारी दिनुभयो । त्यस्तै रात्रिकालिन बेस क्याम्प तथा सहायता कक्षको स्थापना गरिने बताउनु भयो । साथै सल्लाह सुझाबलाई आत्मसाथ गरि सुरक्षामा कडाई गरिने प्रहरी प्रमुख थपलियाले प्रतिबद्धता गर्नुभयो ।

प्रहरी उपरिक्षक थपलियाको अध्यक्ष्यतामा भएको कार्यक्रममा जिल्ला पत्रकार महासंघका उपाध्यक्ष टिकाजग थापा, पत्रकार महासंघका सचिव पुस्कर थापा लगायत विभिन्न सस्थामा आवद्ध रहेका मिडिया कर्मीहरुको उपस्थिती रहेको थियो ।

spot_img

Hot Topics

Related Articles