Thursday, January 23, 2025

गोलन्जोर गाउपालिका ४ तल्लो ढुग्रेमा आगलागी हुँदा एक घर जलेर नष्ट

सिन्धुलीको गोलन्जोर गाँउपालिका ४ तल्लो ढुंग्रेमा हिजो सोमवार दिउसो १ बजे घर आगलागी भएको छ ।

स्थानिय देव बहादुर खपाङ्गी मगरको खरको छानो भएको घरमा दिउँसो १ बजेदेखि आगो लाग्दा घर जलेर नष्ट भएको छ, भने घर भित्रका सबै आधारभुत तथा आवश्यक सामानहरु पनि जलेर नष्ट भएको स्थानिय सन्त बहादुर सिजाली मगरले बताउनु भएको छ ।

आगो नियन्त्रणमा आउन नसके पछि स्थानिय बासिन्दाको सहायताले आगोलाइ बेलुका ४ बजे नियन्त्रण गरिएको हो ।

आगलागि हुँदा खपागीको घर भित्र भएको २० हजार बराबरको लत्ताकपडा, ३० हजार बराबरको सोलार प्यानल, ४ लाख बराबरको अन्नपात, ५० हजार नगद र ८ लाख खर्चिएर बनाइएको बस्ने घर जलेर नष्ट भएको खपाङ्गी बताउहुन्छ ।

पिडित खपाङ्गीका अनुसार आगलागी सोलारको तार सर्ट भएर भएको हुनसक्ने बताईएको छ । खपाङ्गीको जम्मा ३ जना परिवार छन् धनजन्य क्षति भए पनि मानविय क्षति भने नभएको स्थानियहरुले बताएका छन ।

spot_img

Hot Topics

Related Articles