Monday, March 24, 2025

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वतृत्वकला प्रतियोगिता

कमलामाई नगरपालिकामा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मानव केन्द्रित पुनर्लाभका लागि साक्षरता, प्रविधि प्रयोगको असमानतामा न्युनता भन्ने मुल नारा सहित साक्षरता अभिवृद्धिमा विद्यार्थीको भुमिका विषयक कार्यक्रम आज सिन्धुलीमाढीमा भएको हो ।
कार्यक्रम प्लान ईन्टरनेशनल नेपाल र ह्याड्स नेपाल सिन्धुलीको समन्वय तथा साझेदारीमा कमलामाई नगरपालिकाको आयोजनामा भएको हो ।
अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित वक्तृत्वकला प्रतियोगितामा कमलामाई नगरपालिकाका सामुदायि विद्यालय र निजि विद्यालय गरि ९ वटा विद्याालयका १७ जना विद्यार्थिहरुको सहभागिता रहेको ह्याड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक प्रमोद तिमल्सिनाले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विसकसेन ढकालको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा कमलामाई नगरपालिकाका शिक्षा अधिकारी शंकरराज लुईटेल र फाल्गुनी तिमल्सिनाले मुल्यांकन गर्नुभएको थियो ।
कार्यक्रममा सहभागि भएका विद्यार्थिहरु मध्य प्रथम, द्धितिय, तृतिय र सान्वना हुनेलाई क्रमशः ३ हजार, २ हजार, १ हजार, ५ सय नगद प्रमाणपत्र सहित पुरस्कृत गरिएको कार्यक्रम संयोजक तिमल्सिनाले बताउनुभयो । साथै सहभागि सबै विद्याालयहरुलाई प्रमाणपत्र दिई सम्मान गरिएको छ ।

spot_img

Hot Topics

Related Articles