अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारी सिन्धुलीको २० औँ जिल्ला सम्मेलन सिन्धुलीमाडीमा सम्पन्न भएको छ । स्वास्थ्य, रोजगारी र समाजवादी शिक्षा प्राप्तिको लागि हाम्रो आन्दोलन, सुदृढ र सशक्त संगठन निर्माणको पक्षमा २० औँ जिल्ला सम्मेलन भन्ने मुल नाराको साथमा कार्यक्रम गरिएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारी सिन्धुलीका अध्यक्ष उत्तम पहाडीको अध्यक्षता तथा पूवृ कृषि मन्त्रि तथा बागमती प्रदेश सभा सदस्य हरिवोल गजुरेलको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
सिन्धुलीमा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८ जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । शनिबार सिन्धुलीमाढीमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारी सिन्धुलीको २० औँ जिल्ला सम्मेलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष सहित ८ जना नेकपा माओवादीमा प्रवेश गरेका हुन् । एमाले जिल्ला सचिवालय सदस्य सन्तली राईको नेतृत्वमा एमाले बाट निर्वाचित हरिहरपुरगढी गाउँपालिका ४ का वडा अध्यक्ष कमलकुमार राई लगायतले माओवादी प्रवेश गरेका हुन् ।
यस्तै नेकपा एमाले हरिहरपुरगढी गाउँ कमिटि सदस्य तथा हरिहरपुरगढी गाउँपालिका २ का निर्वाचित वडा सदस्यहरु दुर्गाबहादुर राई र ज्ञानेन्द्र राईले पनि एमाले परित्याग गरि माओवादीमा प्रबेश गर्नु भएको छ । साथै नेकपा एमाले हरिहरपुरगढी गाउँकमिटि सदस्य तथा हरिहरपुरगढी गाउँपालिका ८ का निर्वाचित वडा सदस्य जंगबहादुर माझी, एमाले हरिहरपुरगढी गाउँकमिटिका सदस्य तथा वडा नम्बर ७ का पार्टी अध्यक्ष मोहनबहादुर रखाल, एमाले हरिहरपुरगढी गाउँकमिटिका सदस्य पेमाध्वज लामा र रत्नबहादुर अस्थानी मगर पनि माओवादीमा प्रवेश गर्नु भएको हो ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सिन्धुलीको २० औं जिल्ला सम्मेलन तथा पार्टी प्रवेश संयुक्त कार्यक्रममा पार्टीमा नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गजुरेलले अविर तथा खादा लगाएर स्वागत गर्नु भएको छ । कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकामा रहेका एमालेका नेता माओवादी केन्द्रमा प्रवेश गरेपछि सिंगो गाउँपालिका माओवादी मय भएको बागमती प्रदेशसभा सदस्य राजन दाहालको भनाइ छ ।
कार्यक्रममा बोल्नुहुदै कार्यक्रमका प्रमुख अथिति पूर्व कृषि मन्त्रि तथा बागमती प्रदेश सांसद हरिबोल गजुरेलले आफुहरु प्रचण्डको पक्षमा विजयी भएको बताउनुभयो । यस्तै आफुहरुले पार्टि भित्र रहेर र बाहिर हुदाँ पनि धेरै संघर्ष गरेकाले विजयी हुन सफल भएको बताउनुभयो । साथै उहाँले सहि निति र नेतृत्वको छनोट गर्न सकियोस भन्दै पार्टि प्रवेश गरेका र पार्टिमा आवद्ध सम्पुर्णलाई शुभकामना व्यक्त गर्नु भयो ।
यस्तै, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीका केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि विजय गौतमले सरकारमा को छ को छैन भन्ने कुराले अनेरास्ववियुलाई फरक नपार्ने तर सरकारमा रहेकाहरुले विद्यार्थीहरुको हक अधिकारलाई कार्यान्वयन गरिएको छ कि छैन भन्ने कराले फरक पार्ने कुरालाई औल्याउँदै जिल्लाका ९ वटै स्थानिय तहका विद्यार्थी नेताहरुलाई आफ्नो काम कर्तव्य संगै आफ्नो हक अधिकारलाई पनि बुझ्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथिको रुपमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तीकारीका केन्द्रिय अध्यक्ष विजय गौतम, अनेरास्ववियुका केन्द्रिय सदस्य तथा अनेरास्ववियु सिन्धुलीका जिल्ला ईन्चार्ज राजन दाहाल, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जन, सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल लगायत अनेरास्ववियु सिन्धुलीका विद्यार्थी नेता लगाएतको उपास्थिति रहेको थियो ।