Tuesday, November 4, 2025

सिद्धबाबामा गाडी दुर्घटना, चार घाइते

बुटवल(तानसेन सडकखण्डको सिद्धबाबामा गाडी दुर्घटना भएको छ।

मंगलबार बिहान ११ बजेतिर तिनाउ गाउँपालिकाको हेडबक्स नजिकै माथिबाट खसेको ढुङ्गाले लागि गाडी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दोभान तर्फबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो गाडीमाथि ढुंगा खसेपछि गाडी नै तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले गाडी दुर्घटनामा परी चार जना घाइते भएको जानकारी दिए।

घाइतेहरूलाई उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको पाण्डेले जानकारी दिए।

दुर्घटनामा परी पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्साका ५४ वर्षीय बाबुराम पाण्डे, २२ वर्षीय विनोद पाण्डे, १८ वर्षीय अमित बस्याल र ४२ वर्षीय गङ्गा दराई घाइते छन्।

बाबुरामको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ

Hot Topics

Related Articles