Thursday, June 20, 2024

सिन्धुलीमाढीमा “तपाइको मास्क खोइ” अभियान संचालन

सिन्धुलीमाढी बजार क्षेत्रमा सचेतना फैलाउँदै “तपाइको मास्क खोइ” अभियानको आयोजना गरिएको छ । ब्ल्यु अल्पाइन क्लब सिन्धुली र समुदाय प्रहरीले मास्क अभियान संचालन गरेको हो । सिन्धुलीमाढीको बसपार्क, स्टलबजार, १ नम्बर र २ नम्बर बजार, मधुटार, धुराबजार लगाएतमा “तपाईको मास्क खोइ” अभियान संचालन गरेको ब्ल्यु अल्पाइन क्लबले जनाएको छ । व्यापारी, सर्वसारणलाई मास्क वितरण गदै मास्क लगौ, भिड नगरौ लगायतको नारा लगाइएको थियो ।

जिल्लामा कोरोना संक्रमण फैलिन नदिनको लागि मास्क अभियान सुरु गरेको क्लबले जनाएको छ । यस्तै जिल्लाभर निषेधाज्ञा खुकुलो भएसँगै नागरिकको आवतजावत बढेको र नागरिकले जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्नेतर्फ ध्यान नदिएकाले उनीहरूलाई सचेत बनाउन मास्क वितरण सँगै ‘तपाईको मास्क खोई’ ? अभियान सुरु गरिएको समुदाय प्रहरीले जनाएको छ । असार सुरु भएसँगै संक्रमितको सङ्ख्या घट्ने र कोरोनालाई जितेर घर जानेको सङ्ख्या बढ्ने गरेको थियो भने साउन लागेसँगै सिन्धुलीमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला अस्पताल सिन्धुलीले जानकारी दिएको छ ।

स्थानीय प्रशासनले कोरोना संक्रमणमा कमी आएसँगै निषेधाज्ञालाई खुकुलो पार्दै लगेपछि सङ्क्रमण दर फेरि उकालो लाग्न थालेको छ ।

spot_img

Hot Topics

Related Articles