Saturday, December 14, 2024

कमलामाई नगरपालिकाले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिने

कमलामाई नगरपालिकाले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

आन्तरि मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको यहि भदौ ३ गतेको पत्र अनुसार गाईजात्रा पर्वको उपलक्ष्यमा यहि ७ गते सोमबारका दिन प्रदेश सरकार मन्त्रिपरिषद्बाट सार्वजनिक विदा दिने घोषणा गरेको थियो । सोही निर्णय अनुसार कमलामाई नगरपालिकाले पनि सार्वजनिक विदा दिने निर्णय गरेको आज एक सुचना मार्फत जानकारी गराएको हो ।

गाईजात्रा पर्वको अवसरमा उपत्यकामा मात्र सार्वजनिक विदा दिदै आइरहेकोमा यसवर्ष भने बागमती प्रदेशबाट पनि सार्वजनिक विदाको दिने निर्णय भएको छ ।

सोही अनुसार कमलामाई नगरपालिकाले पनि गाईजात्रा पर्व मनाउन सार्वजनिक विदा दिने भएको हो । सबै नगरबासिलाई आफ्नै घरमा सुरक्षित तवरले पर्व मनाउन नगरपालिकाले आग्रह समेत गरेको छ ।

गाईजात्रा पर्वका दिन नेवार समुदायले विहानैदेखि गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाउँदै रमाईलो गरि मनाईने गरिन्थ्यो । यस वर्ष भने कोरोना भाईरसको जोखिम कायमै रहेकाले आफ्नै घर घरमा मनाउन स्वास्थ्य मापदण्ड पुरा गर्न अनुरोध गरेको हो ।

नेवार समुदायले विशेष रुपमा यस पर्वमा तलेजुको ताहामचा बनाई देश परिक्रमा गराएपछि सात दिनसम्म मनाइने गरिन्छ । गाईजात्रा पर्व दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गरिन्छ ।

spot_img

Hot Topics

Related Articles