Tuesday, November 4, 2025

अपरेटर महासँघले देशब्यापी रुपमा सङ्गठन विस्तार गर्ने

स्थानिय तह देखि राष्ट्रिय गौरबका आयोजनाहरुमा खटिरहने अपरेटरहरुको एक मात्र संस्था नेपाल हेवि ईक्युपमेन्ट अपरेटर महासँघले देशब्यापी रुपमा सङ्गठन विस्तार गर्ने भएको छ ।
डोजर यअपरेटर तथा सवारि चालक संघ नेपाल र नेपाल हेवि ईक्युपमेन्ट अपरेटर संघ केन्द्र एक भई २०७८ श्रावण १६ गते बुटलमा बसेको भेलाले महासंघ दर्ताको लागि नयाँ कार्यसमिति चयन गरेको थियो ।
नबगठित कार्यसमितिका सर्ब सहमत अध्यक्ष सन्तोष श्रेष्ठले देश तथा विदेशमा रहनु भएका सबै विकास प्रेमी अपरेटर साथिहरुलाई शुभकामना दिनुहुँदै अपरेटरको माग र मुद्धालाई अहोरात्र खटेर पूरा गर्ने बताउनु भयो ।
अपरेटरको जगतलाई संस्थागत बनाएर एक दशकदेखि अपरेटरको माग र मुद्धालाई लिएर सडक देखि सदन सम्म खटिरहनुभएको दुई संस्थाका संस्थापक अध्यक्ष टि.वि. विश्वकर्मा हिमाल र लोकमान खत्रिलाई बधाई दिनुहुँदै बाँकी माग र मुद्धालाई पुरा गर्न सदैब लागि पर्ने र पूर्व संस्थागत अध्यक्षहरुको भुमिका विगतको भन्दा ठूलो भुमिका हुनु पर्ने बताउनु भयो ।
सङ्गठन विस्तारका लागि सबै केन्द्र, प्रदेश, जिल्ला र हरेक स्थानिय तहहरुमा रहेका साथिहरु लाग्नु पर्ने बताउँदै सम्पूर्ण प्रदेश र जिल्लाका पदाधिकारीहरुलाई आ आफ्नो ठाउँबाट कार्यसमिति निमार्णका लागि सात प्रदेश र सतहत्तर जिल्ला कै खटिएर लाग्नु पर्ने बताउनु भयो ।

Hot Topics

Related Articles