Thursday, April 18, 2024

अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब सिन्धुलीमा गठन

अन्तर्राष्ट्रिय सामाजिक संस्था किवानिस इन्टरनेशनल अन्तर्गतको क्लब सिन्धुलीमा गठन भएको छ । विभिन्न क्षेत्रको युवाको उपस्थितिमा आज एक औपचारिक कार्यक्रमको आयोजना गरि किवानिस क्लब अफ सिन्धुली गठन भएको हो । क्लबमा कमलामाई नगरपालिका ४ का प्रशान्त ढकालको अध्यक्षतामा १९ सदस्य गठन गरिएको छ ।

किवानिस क्लबले बालबालिकाको क्षेत्रमा सामाजिक काम गर्छ । किवानिस इन्टरनेशनल १ सय ६ वर्ष अगाडि स्थापना भएको सामाजिक संस्था हो । “हामी विश्वभरका बालबालिकाको सेवा गछौ ।” भन्ने नारा सहित क्लबले काम गरिरहेको किवानिस क्लबका गर्भनल मोहन लम्सालले बताउनुभयो । क्लबले बालबालिकाको शिक्षा, स्वास्थ्य, नेतृत्व र वातावरणको क्षेत्रमा काम गर्ने उहाँले जानकारी दिनुभयो । किवानीस क्बल नेपालमा २०१५ मा स्थापना भएको हो । नेपालको विभिन्न जिल्लामा क्लब विस्तार गरि बालबालिकालाई सेवा प्रधान गरिरहेको क्लबका गर्भनल लम्सालले बताउनुभयो । बालबालिकालाई शैक्षिक सामाग्री, निशुल्क शिक्षा, खाद्यन्न लगाएत बालबालिकाको आवश्यता अनुसारको काम गरिरहेको उहाँले बताउनुभयो । क्लब भित्र राजनिति, धार्मिक, वर्ण र लैगिंक विवेद गर्न नपाइने उहाँले बताउनुभयो ।

किवानिस क्लब अफ सिन्धुलीले पनि सामाजिक भावनाका साथ बालबालिकाको क्षेत्रमा रचनात्मक काम गर्ने अध्यक्ष प्रशान्त ढकालले प्रतिवद्धता गर्नुभयो ।

यस्तै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले क्लबलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले बालबालिकाको क्षेत्रमा उल्लेखनीय काम गर्न समेत क्लबलाई उहाँले अनुरोध गर्नुभयो ।

spot_img

Hot Topics

Related Articles