२७ औँ विश्व आदिवासी दिवस २०७८ सिन्धुलीमा पनि मनाईएको छ ।
‘कसैलाई पछाडी नछोडौँ, आदिवासी जनजाति र नयाँ सामाजिक सहमतिको आह्वान’ भन्ने विश्वव्यापी मुल नारा सहित पहिचान सहितको संघियता र स्वतन्त्रताका लागि संविधान संसोधन हाम्रो अभियान, धर्मनिरपे्रक्षता र पूर्ण समानुपातिक व्यवस्थाका लागि २७ औँ विश्व आदिवासी दिवस हाम्रो आन्दोलन भन्ने विश्व आदिवासी जनजाति नाराको साथमा छुट्टाछुट्टै दुई कार्यक्रम गरि दिवस मनाईएको हो ।
कार्यक्रम कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीको आयोजनामा भएको हो ।
२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीले जिल्ला अस्पताल सिन्धुलीमा भर्ना भएर उपचार गराईरहनुभएका विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीले ३० जना विरामीलाई फलफुल वितरण गर्न उक्त फलफुल जिल्ला अस्पताल सिन्धुलीका व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोख्रेललाई हस्तान्तरण गरिएको नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एकजना विरामीको लागि एक सय रुपैयाँको फलफुल वितरण गरेको छ ।
फलफुल सेवनले विरामीको स्वास्थ्य राम्रो हुने भएकाले पनि विरामीलाई उक्त फलफुल वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
यस्तै नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीले एक औपचारीक कार्यक्रमका विच शुभकामना आदानप्रदान गरेर आजको २७ औँ विश्व आदिवासी दिवस २०७८ मनाएको हो ।
नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय सिन्धुलीका सभापति शंकरराज बर्मा तिवारीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष काजिमान थिङ, नेपाल तामाङ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष बिशाल तामाङ, सुनुवार सेवा समाज, मगर सेवा समाज, गुरुङ सेवा समाज, नेवु द्धय प्रभु जिल्ला सिन्धुली लगाएत विभिन्न १० जनजातिका प्रतिनिधिहरु रहनुभएको थियो ।
यस्तै, कार्यक्रममा तामाङ, सुनुवार, मगर, थामि, नेवार, हायु, गुरुङ, माझी, भुजेल लगाएत १० जातीको सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन नेपाल आदिवासी जनजाती महासंघ कमलामाई नगर समन्वय कमिटि सिन्धुलीका सचीव राम कुमार थामीले गर्नुभएको थियो ।