कमला सामुदायिक पुस्तकालय सिन्धुलीले २ जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ । आज कमला सामुदायिक पुस्तकालय सिन्धुलीले १४ औं पुस्तकालय दिवसको अवसरमा उत्कृष्ट २ जना पाठकलाई सम्मान गरेको हो ।
सवल समाजको आधार, सामुदायिक पुस्तकालयको बिकास र विस्तार भन्ने नारा सहित कमला सामुदायिक पुस्तकालय कमलमाई नगरपालिका ४ ढुंग्रेबास सिन्धुलीको आयोजनामा कार्यक्रम भएको थियो ।
पाठकहरु टंकमान श्रेष्ठ र शंकर प्रसाद चौलागाई उत्कृष्ट पाठकको प्रमाण पत्र सहित सम्मान गरिएको हो । कमला सामुदायिक पुस्तकालयमा संकलन गरिएका पुस्तकहरुको नियमित अध्ययन गरि नियमित र उत्कृष्ट पाठक बन्न सफल हुनुभएकोमा उहाँहरुलाई सम्मान गरिएको कमला सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष तथा सल्लाहाकार राजकुमार कार्कीले बताउनुभयो ।
कमला सामुदायिक पुस्तकालयले हरेक वर्ष भदौ १५ गते प्राथमिक तह स्तरिय चित्रकला प्रतियोगिता कार्यक्रम गर्दै आएको थियो ।
यस वर्ष कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाल उत्कृष्ट पाठक सम्मान कार्यक्रम मात्र गरिएको कमला सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष तथा सल्लाहाकार कार्कीले बताउनुभयो ।
कमला सामुदायिक पुस्तकालयका अध्यक्ष उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा कमला सामुदायिक पुस्तकालयका उपाध्यक्ष बिश्वनाथ बराल, कमला सामुदायिक पुस्तकालयका पूर्व अध्यक्ष तथा सल्लाहाकार राजकुमार कार्की, सल्लाहाकार सागर कुमार ढकाल, कमला सामुदायिक पुस्तकालय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थित रहेको थियो ।