Thursday, April 18, 2024

हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको वित्तिय साक्षरता तथा बजेट निर्माण कार्यक्रम सम्पन्न

सिन्धुली – हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीको वित्तिय साक्षरता तथा बजेट निर्माण कार्यक्रम सम्पन्न भएको छ । कृषकहरुको जिवनको नयाँ प्रविधि, राष्ट्र विकासको मुल रणनिति भन्ने मुल नाराको साथमा आज कार्यक्रम भएको हो ।
हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षतामा हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा सिन्धुलीको अन्तरसमुह १, ९ र १० संग आवद्ध समुह सेयर सदस्यहरुको विचमा वित्तिय साक्षरता तथा बजेट निर्माणको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा सहकारी संस्थाका बजेट निमार्ण सम्बन्धी जानकारी हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी गराउनुभएको थियो ।कार्यक्रममा कमलामाई नगरपालिकाका सम्पूर्ण वडा र घ्याङ्लेख गाउँपालिकाको १ नम्बर वडाका हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध किसानहरुको सहभागिता रहेको थियो । यस्तै कार्यक्रमको सहजीकरण हातेमालो साना किसान कृषि सहकारी संस्था लिमिटेडका व्यवस्थापक कविता तामाङले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles