Thursday, April 18, 2024

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न

सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको अध्यक्ष कर्ण बहादुर सुनुवारको अध्यक्षता तथा सुनुवार सेवा समाजका केन्द्रिय सदस्य टंक माया सुनुवारको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीले शुक्रबार प्रथम वार्षिक साधारण सभा गरेर आर्थिक वर्ष २०७७-०७८ को आय व्यय प्रस्तुत गरेको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०७७-०७८ को आय व्यय सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको कोषाध्यक्ष नरेश कुमार सुनुवारले प्रस्तुत गर्नुभएको थियो ।
सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको आर्थिक वर्ष २०७७-०७८ को आय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया रहेको छ भने व्यय तर्फ ४ लाख ८० हजार ९ सय ४१ रुपैया नै खर्च भएको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सुनुवार सेवा समाजका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सुनुवार सेवा समाज कमलामाई नगर समिति सिन्धुलीको सचिव जिवन कुमार सुनुवारले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles