Saturday, February 15, 2025

सुनकोशी गाउँपालिकाले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि ६० लाख बढी खर्च ग¥यो

सुनकोशी गाउँपालिकाले कोरोना भाईरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि ६० लाख बढी खर्च गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७ ०७८ मा कोराना भाईरस कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि ६२ लाख ५७ हजार ४ सय ८२ रुपैयाँ खर्च गरेको हो ।
सुनकोशी गाउँपालिकाले कोभिड अस्पताल सामग्री एवम व्यवस्थापन तर्फ ४ लाख ८१ हजार ५ सय १५ रुपैयाँ, स्वास्थ्य सामाग्री खरिद तर्फ १६ लाख २९ हजार १ सय ५८ रुपैयाँ, अक्सिजन व्यवस्थापन तर्फ २७ हजार ५ सय ९४ रुपैयाँ खर्च गरेको गाउँपालिकाले बताएको छ ।
यस्तै एम्बुलेन्स भाडा तर्फ १९ हजार ६ सय रुपैयाँ, प्रचार प्रशार तथा विविध तर्फ १ लाख ४ हजार ७ सय ९७ रुपैयाँ, संक्रमित र जोखिममा रहेको कर्मचारी आईसोलेसन व्यवस्थापन तर्फ ५४ हजार १ सय ३५ रुपैयाँ खर्च गरेको छ ।
क्वारेन्टाईन खाना खर्च तर्फ ७८ हजार ३ सय ४० रुपैयाँ, कोभिड जोखिम भत्ता तर्फ ३६ लाख ९१ हजार ३ सय ४३ रुपैयाँ गरि जम्मा ६२ लाख ५७ हजार ४ सय ८२ रुपैयाँ खर्च गरेको गाउँपालिकाले बताएको छ ।

spot_img

Hot Topics

Related Articles