सिन्धुली – सिन्धुलीमा सन्चालीत सहकारीका कर्मचारीहरुले आजबाट कोभिड १९ को जनसेन खोप लगाएका छन् । वित्तिय कारोबार गर्दा कोभिडको प्रत्यक्ष जोखिममा सहकारीका कर्मचारीहरु पर्ने भएकाले आज र भोली दुई दिन सम्म सहकारीका कर्मचरीहरुलाई खोप लगाईने छ ।
जिल्ला सहकारी संघ सिन्धुलीको पहलमा आज देखि सहकारीका कर्मचारीहरुले खोप लगाएको जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले जानकारी दिनुभयो ।
खोप कार्यक्रममा सहभागि हुन आफु कार्यरत संस्थाको परिचय पत्र र नागरिकता नम्बर अनिवार्य लिईएर जानुपर्ने जनाईएको छ ।