Tuesday, April 16, 2024

सिन्धुलीमा कोरोना भाईरस संक्रमणका कारण आज एक महिलाको मृत्यु

सिन्धुलीमा आज १ जना महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । गोलन्जोर गाउँपालिका ७ की ६५ वर्षिया महिलाको आज मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना फोकल पर्सन सन्तोष कुमार माझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्तक महिलामा स्रावन २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होम आईसोलेसनमा रहेर उपचार गराईरहनुभएको थियो । उक्त महिलामा कोरोनाका सबै लक्षण देखा परेको कोरोना फोकल पर्सन माझीले बताउनुभयो । उक्त महिलाको स्वासप्रस्वासमा समस्या भएपश्चात आज विहान ज्यान गएको हो । आज एक महिलाको ज्यान गएसंगै कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।

spot_img

Hot Topics

Related Articles