सिन्धुलीमा आज ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ५६ जनामा गरिएको स्वाव परिक्षणमा ४ जना महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या ३ हजार ७३ पुगेको छ ।
यस्तै, आज ३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । १५ जना महिला र २४ जना पुरुष उपचारपछि स्वस्थ भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो संगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ हजार ८ सय ६० पुगेको छ ।
यस्तै हाल होम आईसोलेसनमा १ सय ६४ जना र संस्थागत आईसोलेसनमा ७ जना गरि १ सय ७१ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् भने ४२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।