सिन्धुलीमा आज ६९ जना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार २७ जना महिला र ४२ जना पुरुष उपचार पछि स्वस्थ भएको हो । यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ४ सय ९९ जना पुगेको छ ।
यस्तै आज थप १३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । ६७ जनाको स्वाव परिक्षण गरिएकोमा ४ जना महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ४ पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै हाल होम आईसोलेसनमा २ सय ५४ जना र संस्थागत आईसोलेसनमा १३ जना गरि २ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् भने ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।