सिन्धुलीमा आज थप ३५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ९२ जनाको स्वाव परिक्षण गरिएकोमा १४ जना महिला र २१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ४३ पुगेको छ ।
यस्तै हाल होम आईसोलेसनमा २ सय ८१ जना र संस्थागत आईसोलेसनमा १२ जना गरि २ सय ९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै हाल सम्म २ हजार ६ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।