Tuesday, April 16, 2024

सिन्धुलीमा आज २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, १० जना संक्रमित डिस्चार्ज

सिन्धुलीमा आज २९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ७७ जनाको स्वाव परिक्षण गरिएकोमा ९ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ५५ जना पुगेको छ ।

यस्तै आज १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । ६ जना महिला र ४ जना पुरुष उपचार पछि स्वस्थ भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै हाल सम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ५ सय ९ पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा २ सय ९३ जना र संस्थागत आईसोलेसनमा १५ जना गरि ३ सय ८ जना संक्रिय संक्रमित रहेका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles