Thursday, March 27, 2025

सिन्धुलीमा आज २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि

सिन्धुलीमा आज २४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ५५ जनाको स्वाव परिक्षण गरिएकोमा १३ जना महिला र ११ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा कोरोना भाईरस संक्रमण पुष्टि हुनेको संख्या २ हजार ८ सय ९९ जना पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा ३ सय १३ जना र संस्थागत आईसोलेसनमा १३ जना गरि ३ सय ३२ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै हालसम्म २ हजार ५ सय ९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३८ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles