सिन्धुलीमा आज २३ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ११ जना महिला र १२ जना पुरुष उपभारपछि निको भएका हुन् । आज निको हुनेको संख्या थपिएसंगै हालसम्म २ हजार ८ सय ९९ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् ।
यस्तै, आज थप एक जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । १४ जनामा गरिएको स्वाव परिक्षणमा १ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ । आज थपिएसंगै जिल्लामा हालसम्म ३ हजार ८८ जनामा संक्रमण पुष्टि भएको छ । हाल होम आईसोलेसनमा १ सय ४२ जना र संस्थागत आईसोलेसनमा ४ जना गरि १ सय ४६ जना कोरोनाका सक्रिय संक्रमित उपचाररत रहेका छन् । यस्तै, जिल्लामा हालसम्म ४३ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।