Tuesday, April 16, 2024

सिन्धुलीमा आज १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि, ७३ जना डिस्चार्ज

सिन्धुलीमा आज थप १६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीको अनुसार ३१ जनाको स्वाव परिक्षण गरिएकोमा ८ जना महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९ सय ५९ पुगेको छ ।

यस्तै आज ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । २९ जना महिला र ४४ जना पुरुष उपचार पछि स्वस्थ भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । यो सगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ६ सय ८५ पुगेको छ ।

यस्तै हाल होम आईसोलेसनमा २ सय २६ जना र संस्थागत आईसोलेसनमा १० जना गरि २ सय ३० जना सक्रिय संक्रमित रहेका छन् भने ३८ जनाको कोरोना भाईरस संक्रमणका कारण ज्यान गएको छ ।

spot_img

Hot Topics

Related Articles