Thursday, April 18, 2024

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा

सिन्धुलीमा अवैध रुपमा बालुवा लोड गर्दै गरेको ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । अवैद रुपमा वालुवा लोड गरि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ पानीट्याङ्कीबाट बजार तर्फ आउदै गरेको लु ४ त ८१५२ नम्बरको ट्र्याक्टर र ट्र्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको मोटरसाईकल टोलिले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक रामेछाप नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षिय नविन नेवा खड्का रहेका छन् । नियन्त्रणमा लिएका खड्कालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय सिन्धुलीमा बुझाईएको प्रवक्ता लामाले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles