Friday, January 16, 2026

सिन्धुलीको दुधौलीमा राष्ट्रिय युवा संघ नेपालको २७ सदस्यीय वडा कमिटि गठन

सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय युवा संघ नेपाले आज पुस्कर दाहालको अध्यक्षतामा २७ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
नब गठित वडा कमिटिलाई कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरुले बधाई साथै कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नेकपा एमाले केन्द्रीय सदस्य एवंम् जिल्ला ईन्चार्ज विसमलाल अधिकारीको प्रमुख आतिथ्यता ,युवा संघ नेपाल सिन्धुली जिल्ला कमिटि संयोजक देवराज वाईबा र नेकपा एमाले प्रदेश कमिटि सदस्य डम्बर कार्की विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा नेकपा एमाले दुधौली नगर कमिटि अध्यक्ष लक्ष्मण कार्की, जिल्ला कमिटि सदस्य तिर्थ बराल, अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य लाल बहादुर बुढाथोकी, युवा नेता तथा वडा अध्यक्ष रितेश राउत लगाएत युवा संघका जिल्ला नेता एवम् नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताको उपस्थितिमा भेला सम्पन्न भएको राष्ट्रिय युवा संघ नेपाल सिन्धुली जिल्ला कमिटि संयोजक देवराज वाईबाले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles