Thursday, January 23, 2025

सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नरपालिकाको लागि २ ठुला परियोजनाहरु सञ्चालन गरिने

सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नरपालिकाको लागि २ ठुला परियोजनाहरु सञ्चालन गरिने भएको छ । यी दुई नगरपालिकाले समाधी पार्क र कमलानदी तटबन्धन साथै कमला करिडोर परियोजना संचालन गरिने भएको हो ।

राष्ट्रिय योजना आयोगमा परियोजनाको लागि बिस्तृत परियोजना प्रतिवेदन पेश गरिएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्री, नेपाली कंग्रेसका जिल्ला सभापति उज्जलप्रसाद बराल र नेपाली कंग्रेस सिन्धुलीकी जिल्ला नेतृ गंगा दहालले परियोजनाको सान्दर्भिकता तथा महत्वका सन्दर्भमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समक्ष छलफल गर्नुभएको थियो । यी दुबै योजनालाई यसै आर्थिक बर्षबाट सुरु गर्ने आयोगका उपाध्यक्षले आश्वासन दिनु भएको छ ।

समाधी पार्क निर्माणको लागि कमलामाई नगरपालिकाले साढे ७ करोड बजेट राष्ट्रिय योजना आयोगमा माग गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले बताउनुभयो । समाधी पार्क सिन्धुलीगढीबाट धनमना खोलाको सिर तिरको फेदीमा निर्माण प्रस्ताव गरिएको पार्क हो । समाधी पार्कमा पोखरी, अखण्ड दिप सहितको स्मृती स्तम्भ, बृटिस चिहान र हिन्दु समाधि स्थल आदि रहेको छ ।

कमलानदी तटबन्धन र कमला करिडोर निर्माणको लागि कमलामाई नगरपालिकाले १ अर्ब बजेट राष्ट्रिय योजना आयोगमा माग गरिएको नगर प्रमुख खत्रीले बताउनुभयो । कमलामाई नगरपालिकाको वडा नम्बर ८ माईस्थानबाट वडा नंम्बर १०, १३, १४ र दुधौली नगरपालिकाको सम्पुर्ण कमला किनारमा तटबन्धन गरेर सो भागमा मोटरबाटो निर्माण गरि नयाँ सडक करिडोर निर्माण हुने भएको हो । यो तटबन्धन र सडक करिडरले कमलामाई र दुधौली नगरपालिकामा नयाँ आर्थिक क्षेत्र बनाउने नगर प्रमुख खत्री र नेतृ दाहालले आयोगका उपाध्यक्ष लाई जानकारी गराउनु भएको हो ।

spot_img

Hot Topics

Related Articles