Tuesday, November 18, 2025

सिन्धुलीका भुकम्प प्रभावित लाभग्राहि ठगिमा परेको गुनासो

कमलामाई नगरपालिका ८ बेसारेका भुकम्प प्रभावित लाभग्राहीले आफुहरु ठगिमा परेको गुनासो गरेका छन् । बेसारेका भुकम्प प्रभावित ७ घरपरिवारले आफ्नो घर पुन निर्माणको लागि आएको तेस्रो किस्ताको रकम स्थानिय गिता वि.कले घरपास गरे बापत इन्जिनियरलाई दिनुपर्ने भन्दै बिस–बिस हजारको दरले पैसा उठाएको बताएका छन् ।

“यहि साउन ५ गते आएको तेस्रो किस्ताको रकमबाट छिमेकी गिता वि.कले २० हजार इन्जिनियरलाई दिनु पर्छ भनेर लग्नुभयो ,” स्थानिय कालिमायाँ तामाङले भन्नुभयो, “हामिले इन्जिनियरलाई समेत सोधौँ, इन्जिनियरले पैसा नै लिएको छैन भन्नुहुन्छ ।” चनदेवी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष समेत रहेका गिता वि.कले घर बनाउन आएको सबै पैसा फिर्ता हुने भन्दै डर देखाएर पैसा लिएको उहाँले बताउनुभयो ।

“साउन ५ गते मैले तेस्रो किस्ता झिकेको थिए, त्यहि दिन राती नौ बजेको समयमा मेरो घर आएर गिता वि.कले २० हजार पैसा दिनु, नत्र तपाईको अहिले आएको पैसा फिर्ता गर्न लगाउँ छु भनेर पैसा लग्नुभयो ।” उहाँले भन्नुभयो, “पैसा माग्दा डर, धम्कि दिनुहुन्थ्यो । त्यसपछि मेरो आफन्तको सहयोगमा म प्रहरी कार्यालय सम्म आए ।” प्रहरी कार्यालयमा निवेदन हाले पछि आइतबार प्रहरीले गिता विकलाई पैसा फिर्ता गर्न लगाएको छ । कालिमायाँको पैसा त फिर्ता भयो तर गाउँमा अझै अरुसँग नि पैसा लिएको स्थानियले गुनासो गरेका छन् । उनीहरुलाई डर धम्कि देखाएको कारण चुप लागेर बसेको कालिमायाँले बताउनुभयो ।स्थानिय ककर सिंह गोलेले भुकम्पले क्षेती गरेको आफ्नो घर पुननिर्माणको लागि आएको रकम आफुले एक रुपैयाँ पनि नपाएको गुनासो गर्नुभयो ।

“घर बनाइ दिन्छु भनेर सबै पैसा गिता वि.कले नै लग्यो, न घर बनाएको न पैसा छ ।” उहाँले भन्नुभयो, “घरको डिपिसि गरेर माथि जस्ताको छाना मात्र हालेर छोडेको छ ।” गोलेले घर बनाइ दिने सर्तमा दुई लाख पचास हजार गिता वि.कलाई दिनुभयो । अहिले निर्माण भएको घर मापदण्ड अनुसारको नभएको गोलेले बताउनुभयो । “घर डिपिसि गर्दा रडहरु केहि राखेको छैन । मेरो पुरानो घरको काठ निकाले ४ वटा काठ हालेको छ ।” उहाँले भन्नुभयो, “जस्ताको छाना हालेको छ । घरमा गारो पनि लगाएको छैन ।” घर निर्माण नभएकाले छोरी ज्वाइको घरमा गएर बस्न बाध्य भएको उहाँले गुनासो गर्नु भयो । “नयाँ घर बनाउनको लागि आफ्नो पुरानो घर भत्किाइयो ,” आखाँभरि आसु बनाउदै गोलले भन्नुभयो, “नयाँ घरमा बस्ने सपना मात्र हुने भयो । त्यस्तो घरमा अब कसरी बसौ । ” अब प्रशासन सम्म आफ्नो पिडा लिएर जाने उहाँले सुनाउनुभयो ।

Hot Topics

Related Articles