सिन्धुली एकिकृत विकास सेवा नेपाल सिन्धुलीले जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुलीलाई खोज तथा उद्धार व्यवस्थापन सामाग्री हस्तान्तरण गरेको छ ।
जिल्ला विपद् जोखिम न्युनिकरणको क्षेत्रमा काम गर्दै आईरहेको गैरसरकारी संस्था सिड्स नेपालले वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारीमा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना अन्तर्गत जिल्लामा कोभिड रिकोभरि तथा विपद् व्यवस्थापन सम्बन्धि विभिन्न कार्यहरु गर्दै आईरहेकाले विपद् व्यवस्थापनको लागि खोज तथा उद्धार व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार ३ लाख ५६ हजार ९ सय ७५ रुपैयाँ ५ पैसा बराबरको सामग्री विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
जस्मा हेल्मेट १५ थान, लाईफ ज्याकेट १५ थान, पन्जा १५ सेट, बुट १५ थान, साबेल १५ थान, वाटर ग्लास १५ थान, डोरी ३ मुठा, गैँचि १५ थान र चेनआरी ३ थान खोज तथा उद्धार व्यवस्थापनका सामग्री रहेका छन् ।
उक्त सामग्री सिड्स नेपाल सिन्धुलीका अध्यक्ष घिमिरेले जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई हस्तान्तरण गर्नुभएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी न्यौपानेले सिड्स नेपाल मार्फत हस्तान्तरित सामाग्री बुझ्दै विपद् जन्य उद्धारका सामग्री हस्तान्तरण गरेकोमा सिड्स नेपाल सिन्धुलीलाई धन्यबाद व्यक्त गर्नुभएको छ ।