Monday, October 7, 2024

सहकार्य साकोस द्धारा तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सहकार्य बचत तथा ऋण सहकारी संस्था लि. सिन्धुलीले आज तिज विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
नारीहरुको महान चाड तीज नजिकिदै गर्दा संस्थामा पर्व बचत गर्ने सदस्यहरुको लागि तिज विशेष कार्यक्रमको आयोजना गरिएको हो । सहकार्य बचत तथा ऋण सहकारी

संस्थाले हरेक वर्ष पर्व बचत गर्ने सदस्यहरुको लागि तीज कार्यक्रमको आयोजना गरि एक आपसमा सुख दुख साटासाट र शुभकामना ब्यक्त गरि दर खाने कार्यक्रमको आयोजना गर्दै आएको छ ।
कार्यक्रमको प्रमुख अतिथि कमलामाई नगरपालिकाका उप प्रमुख मन्ज ुदेवकोटाले तडक भडक नगरि तीज पर्व मनाउन सल्लाह दिनुभयो । स्थानिय सरकारले सहकारीलाई अनुगमन गरिरहेकाले सहकारी प्रतिको अविश्वास हटाई ढुक्क भएर सहकारीमा बचत गर्न पनि उप मेयर देवकोटाले सदस्यहरुलाई जानकारी दिनुभयो ।


राष्ट्रिय सहकारी महासंघका सन्चालक तथा बचत तथा ऋण सहकारी संघ सिन्धुलीका अध्यक्ष बाल कुमारी श्रेष्ठले आम्दानी भए मात्र बचत गर्न सहज हुने भएकाले महिला दिदि बैनिहरुले आम्दानीको बाटो खोज्न जरुरी रहेको औल्याउनु भयो । साथै उहाँले पुर्खाहरुले संरक्षण गर्दै आएको तिज पर्वलाई जोगाई राख्न अहिलेको पुस्ताको पनि उत्तीकै महत्वपूर्ण भुमिका रहने धारणा राख्नु भयो ।
सहकार्य बचत तथा ऋण सहकारी संस्थालाई आफ्नै सम्झी ढुक्क भएर बचत गर्न सहकारीका अध्यक्ष साथै तिज विशेष कार्यक्रमका सभापति महेन्द्र देव श्रेष्ठले शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । हाल सहकारीको वासलत आठ करोड पचास लाख रहेको पनि श्रेष्ठले जानकारी दिनुभयो ।


कार्यक्रममा २०७७ ०७८ मा तिज विशेष खातामा नियमित बचत गर्ने कमलामाई नगरपालिका ७ पानिट्याङकीका ईन्द्र कुमारी भुजेललाई तीज विशेष नियमित बचत कर्ता विधामा सम्मान गरिएको छ ।
तीज विशेष कार्यक्रममा सय भन्दा बढि पर्व बचत गर्ने सदस्यहरुको सहभागिता रहेको थियो ।

spot_img

Hot Topics

Related Articles